सुनको मूल्य घट्यो, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेकोे छ ।

बिहीबार प्रतितोला ९७ हजार ५०० रहेको सुनको मूल्य शुक्रबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१