एसईई नतिजा : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ?

काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।

कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका थिए ।

यस्तो छ नतिजा :

नतिजा अनुसार, ३.६ देखि ४ जिपिए ल्याउने विद्यार्थीको संख्या ९ हजार ६३३ रहेको बोर्डले जनाएको छ । त्यसैगरी ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४१ हजार ६२७ रहेको छ ।

त्यस्तै, सबभन्दा कम (०.८-१.२) ल्याउने ३ हजार २८० जना रहेका छन् ।

त्यस्तै, १.२ देखि १.६ जिपिए ल्याउने विद्यार्थीको संख्या ४४ हजार ५८६ रहेको छ ।, त्यस्तै १.६-२ जिपिए ल्याउने १ लाख ५ हजार ५९४ जना छन् ।

त्यस्तै, २ देखि २.४ जिपिए ल्याउने विद्यार्थीको संख्या १ लाख १२ हजार ७३३ जना छन् । यो जिपिए समूह प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा धेरै रहेका छन् ।

त्यस्तै, २.४ देखि २.८ जिपिए ल्याउनेको संख्या ९० हजार ५५८ रहेको छ । त्यस्तै, २.८-३.२ ल्याउनेको विद्यार्थीको संख्या ६९ हजार ९०० छ ।

यसरी हेर्नुहाेस् नतिजा :

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१