७०० ले घट्यो सुनको मूल्य, कतिमा भइरहेकाे छ काराेबार ?

काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात सय र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

अघिल्लो शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार आठ रहेकोमा आज सात सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ छ । गत साताको शुक्रबार प्रतितोला ९५ हजार तीन सय रुपैयाँ रहेको थियो ।

आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको महासंघले जनाएको छ । शुक्रबार तोलामा ११ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१