स्कुल अफ म्यानेजमेन्ट त्रिविकाे ‘स्पोर्ट्स विक २०२२’ सफलतापूर्वक सम्पन्न

काठमाडौं । व्यवस्थापन संकाय अन्तर्गतको स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा स्पोर्ट्स विक २०२२ सफलतापूर्वक सम्पन्न भएको छ ।

मंसिर २४ देखि २८ गते ५ दिन सम्म चलेको प्रतियोगिता बुधबार एक कार्यक्रमकाबीच पुरस्कार वितरण गरी सम्पन्न भएको हाे ।

व्यवस्थापन संकायका डिन डा. डिल्लीराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा शर्मा सहित कार्यकारी निर्देशक डा. गोविन्द तामाङ र उपनिर्देशक डा.गङ्गाराम विश्वकर्माले मन्तव्य राखेका थिए । यस्तै, शुशान्त महर्जन, दिनेश ओली र सिसम बजगाईले आफ्नो मन्तब्य राखेका थिए ।

कार्यक्रमको संयोजन शुशान्त महर्जन तथा टोलिको नेतृत्व दिनेश ओलीले गरेका थिए ।

प्रतियोगितामा फुटबल, क्रिकेट, भलिबल ,बास्केट बल, चेस, म्यूजिकल चेयर, टेबल टेनिस,१०० मीटर दौड, घैटो फोड र टग अफ वारलगायतका खेलहरु संचालन भएका थिए ।

प्रतियोगीतामा स्नातकोत्तर तह MBA,MBA GLM,MBA IT र MBA FC लगायतका विभिन्न सेमेस्टरमा अध्ययनरत करिब ३०० जना विद्यार्थीहरुले विभिन्न खेलहरु मार्फत सहभागिता जनाएका थिए ।

“स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयमा यो शैलीमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो । स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु बीचको प्रतिस्पर्धा भन्दा पनि सामाजिक हुने मौकाको रुपमा आयोजना गरेका हौं” मिडिया संयोजक प्रदीप पराजुलीले बताए ।

छोटो समयमा नै ११ वटा खेलहरु संचालन गर्न धेरै चुनौती हुँदा पनि सौहार्दपुर्ण बाताबरणमा कार्यक्रम सम्पन्न गर्न सकिनु आफैमा ठूलो उपलब्धि रहेको सृजना सुवेदीले बताइन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१