Author: Hulak News

  • राष्ट्रपतिले वार्तामा बोलाए जेनजीलाई 

    राष्ट्रपतिले वार्तामा बोलाए जेनजीलाई 

    राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनरत जेनजी पुस्तालाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार एक अपिल जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै पक्षलाई पक्षलाई संयमित हुन र वार्तामा आउन अपिल गरेका हुन्।
    पौडेलद्वारा जारी अपिलमा भनिएको छ, “लोकतन्त्रमा नागरिकले उठाएका मागहरू जेनजीका प्रतिनिधिसँग समेत बसेर वार्ता र संवादमार्फत समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरू क्षति हुन नदिन र वार्तामा आउन म सबै पक्षलाई अपिल गर्दछु ।”
    उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको भन्दै शान्तिपूर्ण समाधानका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका हुन्।
  • राजकुमार गुप्ताको घरमा पनि आगजनी र तोडफोड

    राजकुमार गुप्ताको घरमा पनि आगजनी र तोडफोड

    काठमाडौँ । युवा प्रदर्शनकारीले आज पूर्व सामान्य प्रशासन मन्त्री तथा एमाले सांसद राजकुमार गुप्ताको घरमा पनि आगजनी र तोडफोड गरेका छन् ।

    वीरगन्जको रानिघाटस्थित उनको घरमा दिउसो करीब ३ बजे प्रदर्शनकारीहरूको समूहले आगजनी र तोडफोड गरेका हुन् ।

  • प्रकाशमान सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त

    प्रकाशमान सिंहको ठमेलस्थित घर र गाडी जलेर ध्वस्त

    काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको ठमेल चाक्सीबारीस्थित घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।

    प्रदर्शनकारीले सिंहको निवास र ६ वटा गाडी जलाइदिएका हुन् ।

    नेता सिंह र उनको परिवारका सदस्यहरूलाई भने सुरक्षाकर्मीले पहिल्यै सुरक्षित स्थानमा पठाएका थिए ।

  • कांग्रेस प्रवक्ता डा.महतको निजी निवासमा आगजनी

    कांग्रेस प्रवक्ता डा.महतको निजी निवासमा आगजनी

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतको निजी निवासमा आगजनी गरिएको छ । काठमाडौंको बाँसवारीस्थित नेता महतको घरमा मंगलबार प्रदर्शनरत युवाहरुले आगजनी गरेका हुन् ।

    पूर्वगृहमन्त्री रमेश लेखक, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङ लगायतको घरमा समेत तोडफोड भएको छ ।

    आज प्रदर्शनरत युवाहरुले संसद् भवन नयाँ वानेश्वरमा समेत आगजनी गरेका छन् । केहीबेरअघि संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरुले आगजनी र तोडफोड गरेका छन् ।

  • महान्यायाधिवक्ताको कार्यालयमा आगजानी

    महान्यायाधिवक्ताको कार्यालयमा आगजानी

    काठमाडौं । महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरिएको छ ।

    मंगलबार प्रदर्शनरत जेनजी पुस्ताका युवाहरुले भद्रकालीस्थित महान्यायाधिवक्ताको कार्यालयमा आगजानी गरेका हुन् । प्रदर्शनकारीहरुले केही समय पहिले संसद् भवनमा समेत आगो लगाएका छन् ।

    आक्रोशित प्रदर्शनकारीहरुले आगजानी र तोड्फोड गरेसँगै राप्रपा, रास्वपा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजीनामा दिइरहेका छन् ।

  • प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

    प्रदर्शनकारीहरूले संसद् भवनमा लगाए आगो

    प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।
    मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले सङ्घीय संसद्मा प्रवेश गर्दै आगो लगाइदिएका हुन् ।
    आगजनीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
  • प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

    प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

    प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् ।
    प्रधानमन्त्री ओलीले राजनीतिक निकासका लागि भन्दै राजीनामा दिएको नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।
    जेनजी आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।
    सोमबारबाट सुरु प्रदर्शनका क्रममा हालसम्म १९ जनाको ज्यान गइसकेको छ भने ४ सय बढी घाइते भएका छन् । आज पनि देशभर आन्दोलन चर्किएको छ ।
  • देशभित्रबाटै समस्याको निकास निकाल्न पूर्वराजाको आग्रह

    देशभित्रबाटै समस्याको निकास निकाल्न पूर्वराजाको आग्रह

    पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा देखिएको पछिल्लो समस्याको समाधान देश भित्रैबाट खोज्न अनुरोध गरेका छन् । पूर्वराजा शाहको संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेकोमा उनीहरूको जायज माग सम्बोधन नगरी आन्दोलनमा मानवीय क्षति भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रले दुःख व्यक्त गरेको जनाएको हो ।
    ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा राखी बक्सेको छ । हाल उठेको सुशासन र आर्थिक अनुशासनका कुरा ध्यानमा राखी देश भित्रबाटै समस्याको समाधान निकालियोस् भन्ने चाहना राखी बक्सेको छ,’ पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ  ।
    पूर्वराजा ज्ञानेन्द्र शाहले यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको समेत बताएका छन् ।
    जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर गरेको विरोध प्रदर्शन मार्फत पोखेको आक्रोश निश्चय पनि आम चासोको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
    पूर्वराजा ज्ञानेन्द्रले प्रदर्शनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
  • खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

    खेलकुद मन्त्री चौधरीले दिए राजीनामा

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदबाट राजीनामा दिएका छन् ।

    काङ्ग्रेसभित्र डा. शेखर कोइरालाको कोटामा मन्त्री भएका चौधरीले पदबाट राजीनामा दिएका हुन् ।

    जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि कोइरालाले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए ।

  • स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

    स्वास्थ्यमन्त्री पौडेलले पनि दिए राजीनामा

    काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् ।

    जेन जेड आन्दोलनमा सरकारले बल प्रयोग गरेर १९ जनाको मृत्यु भएपछि पौडेलले पदबाट राजीनामा दिएका हुन् ।