पुटिनको सैन्य कारबाहीको निर्देशनपछि युक्रेनका विभिन्न स्थानमा विस्फोट

काठमाडाैं । पुटिनको सैन्य कारबाहीको निर्देशनपछि युक्रेनका विभिन्न स्थानमा विस्फोट भएकाे छ । युक्रेनको राजधानी सहर किभलगायत विभिन्न स्थानमा विस्फोट भएको बीबीसीले उल्लेख गरेकाे छ ।

बीबीसीका अनुसार राजधानी किभमा बिहीबार बिहान ५ देखि ६ ओटा शक्तिशाली विस्फोटको आवाज सुनिएको छ ।

त्यस्तै युक्रेनका अन्य भागमा पनि विस्फोटको समाचार आइरहेको छ । सीएनएनले किभबाट गरेको प्रत्यक्ष प्रसारणमा ठूलो विस्फोटको आवाज सुनिएको छ ।

सामाजिक सञ्जालमा युक्रेनको उत्तर–पूर्व, दक्षिणी क्षेत्रको ओडेसालगायतका स्थानमा पनि विस्फोट भएको भनी भिडियोहरु पोस्ट भएका छन् ।

यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा विशेष सैन्य कारबाही गर्न निर्देशन दिएका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१