
रुसले युक्रेनमा विशेष सैन्य कारबाही गर्ने घोषणा गरेको छ । त्यसयता विश्वभरका घटनाहरू तीव्र गतिमा परिवर्तन भइरहेका छन् ।
यस्ताे छ रूस-युक्रेन संकटमा हालसम्मका महत्त्वपूर्ण अपडेटहरू :
-रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रमा विशेष सैन्य अभियानको घोषणा गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले युक्रेन मुद्दामा धैर्यता अपनाउन आग्रह गर्दा उनले टेलिभिजन सम्बोधनका क्रममा यो घोषणा गरेका हुन् ।
-टेलिभिजन सम्बोधनका क्रममा पुटिनले यस अभियानको उद्देश्य युक्रेनी सेनालाई त्यहाँबाट हटाउनु रहेको बताएका छन् ।
-युक्रेनको धेरै भागबाट मिसाइल आक्रमणको खबर आएको छ । जसमा राजधानी कीफबाट पनि यस्तो आक्रमण भएको बताइएको छ ।
-युक्रेनका विदेशमन्त्रीले रुसले ‘व्यापक आक्रमण’ गरेको आरोप लगाएका छन् । उनले संयुक्त राष्ट्र संघलाई यसलाई रोक्नको लागि सक्दो प्रयास गर्न आग्रहसमेत गरेका छन् ।
-अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले गरेको आक्रमणको निन्दा गरेका छन् । उनले भनेका छन्, ‘राष्ट्रपति पुटिनले पूर्व-व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानव त्रासदी निम्त्याउँछ ।’
-बेलायत, युरोपेली संघ, संयुक्त राष्ट्र संघ र नाटोका नेताहरूले पनि रुसको आक्रमणको कडा निन्दा गरेका छन् ।