
युक्रेनमाथि आक्रमण थालेपछि बिहीबार रूसमा युद्धविरोधी प्रदर्शन भएका छन् ।
राजधानी मस्को, सेन्ट टिर्सवर्गलगायत ठाउँमा हजारौँ नागरिक विरोध प्रदर्शनमा उत्रिएकाे बीबीसीले जनाएको छ । प्रहरीले अहिलेसम्म १७ सय प्रदर्शनकारी पक्राउ गरेको खबरमा उल्लेख छ ।
प्रदर्शनकारीहरुले युद्व गर्न नहुने नारा लगाएका थिए । प्रदर्शनकारीहरूले ‘लडाइँ रोक’, ‘युद्ध चाहिँदैन’, ‘युक्रेन हाम्रो शत्रु होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनकारीहरूले कोभिड-१९ रोक्न लगाइएका प्रतिबन्ध उल्लंघन गरेको प्रहरीको भनाइ छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार युक्रेनविरूद्ध सैन्य कारबाही घोषणा गरेका थिए । पुटिनको उक्त घोषणापछि युक्रेनको राजधानी किएभलगायत विभिन्न ठाउँमा रूसी सैनिकले आक्रमण गरेका छन् ।
युक्रेनमाथि आक्रमण गर्ने पुटिनको कदमको संसारका धेरै मुलुकले आलोचना गरेका छन् ।