३५०० रुसी सैनिक मारिएको युक्रेनकाे दाबी

युक्रेनले ३५०० रुसी सैनिक मारिएको दाबी गरेको छ ।

युक्रेनी सेनाले आक्रमणमा संलग्न तीन हजार ५०० रुसी सैनिक मारिएको र २०० लाई बन्दी बनाएको दाबी गरेको हो ।

सेनाले आफ्नो फेसबुक पेजमा यो जानकारी दिएको बीबीसीले लेखेको छ । रुसले अहिलेसम्म १४ विमान, ८ हेलिकप्टर र १०२ ट्याङ्क गुमाएको सेनाले जनाएको छ ।

यस्तै, युक्रेनको राजधानी कीभको दक्षिणपश्चिममा शनिवार दुईवटा मिसाइल आक्रमण भएको बताइएको छ ।

कीभको स्थानीय सरकारले एउटा क्षेप्यास्त्र एक आवासीय भवनमा खसेको जनाएको छ । रोयटर्सका अनुसार राजधानीको जुलियानी एयरपोर्ट नजिकै अर्को मिसाइल खसेको थियो ।

याे पनि :

रुस र युक्रेन युद्ध : मुख्य रणभूमि राजधानी किभ, ५० बढी विस्फाेटका आवाज

रुसले युक्रेनमा किन आक्रमण गर्‍यो, के चाहन्छन् भ्लादिमिर पुटिन ?

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१