
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघले हस्तक्षेप गरेको छ ।
त्रिविका उपकुलति डा. धर्मकान्त बास्कोटाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेविसंघको कार्यकर्ताले विथोलेको हो ।
त्यसै क्रममा नेकपा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गर्याे । त्यसपछि दुईपक्षबीच झडप भएको छ । घटनामा दुई विद्यार्थी र एक जना प्रहरी घाइते भएका छन् ।
त्रिविको प्रश्नपत्रमा त्रिवि पदाधिकारीले लापरबाही गरेकेा भन्दै नेपाल विद्यार्थी संघले २७ असारदेखि विश्वविद्यालयका विभिन्न कार्यालयमा तालाबन्दी गरेको थियो । त्यसविरुद्ध त्रिवि प्रशासनले पत्रकार सम्मेलन गरी जानकारी दिने कार्यक्रम थियो ।