आरआर क्याम्पसमा विद्यार्थीबीच झडप, दुईजना घाइते

काठमाडौं । प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा विद्यार्थीबीच झडप भएको छ ।

झडपमा परेर दुईजना घाइते भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । घाइते विद्यार्थीकाे माेडल अस्पतालमा उपचार भइरहेकाे छ ।

के विषयमा झगडा भएको स्पष्ट भएकाे छैन । यद्यपी क्याम्पस स्राेतका अनुसार विद्यार्थीकै गुटको झगडा हुनसक्ने बताइएकाे छ ।

प्रहरीले पनि झडपकाे कारण खुल्न नसकेकाे बताएकाे छ । झगडाकाे कारणबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१