
काठमाडौं । गौशालास्थित एक होटलमा युवती मृत फेला परेकी छन्।
काठमाडौं महानगरपालिका-९ पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ भित्र एक युवती मृत फेला परेकी जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएकाे छ ।
बुधबार दिउँसो साढे २ बजेसम्म पनि युवतीले होटलको कोठा नखोलेपछि प्रहरीलाई बोलाइएको थियो ।
मृतक कागेश्वरी मनोहरा नगरपालिका घर भएकी अन्दाजी २३ वर्षीया युवती हुन् । उनको पहिचान प्रहरीले खुलाएको छैन ।
प्रहरीले घटनास्थलको मुचुल्का गरी पोष्टमर्टमको लागि शव टिचिङ अस्पताल पठाइएको छ । प्रहरीका अनुसार घटना शंकास्पद देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको छ ।