
काठमाडौँ । बेलायतको साउथेन्ड विमानस्थलमा रहेको विमानमा आगलागी भएपछि विमानस्थल बन्द भएको छ ।
आइतबार साउथेन्ड-अन-सीमा १२ मिटर लामो विमानमा आगलागी भएको हो ।विमानमा आगलागी भएपछि लन्डनको साउथेन्ड विमानस्थल अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको छ ।
साउथेन्ड-अन-सी क्षेत्रमा करिब १२ मिटर लामो विमानमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटनामा अहिलेसम्म मानवीय क्षतिको पुष्टी गरिएको छैन ।
साथै यात्रुहरूलाई आफ्ना एअर लाइनसँग सम्पर्क गरेर जानकारी लिन आग्रह गरिएको छ ।