
काठमाडौं । अमेरिकाको लुजियाना टेक युनिभर्सिटीमा अध्ययनरत २ जना नेपाली विद्यार्थीको कार दुर्घटनामा मृत्यु भएको छ ।
जुलाई १३, शनिवार राति भएको कार दुर्घटनामा २२ वर्षीय राजन यादव र २० वर्षका रोजिन ओलीको मृत्यु भएको हो ।
रोजिनको नेपालको ठेगाना दाङ हो भने, राजनको ठेगाना खुलेको छैन । यादव र ओलीको घटनास्थलमै मृत्यु भएको र अन्य २ जना घाइते भएको बताइएको छ ।