
काठमाडाैं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
राजधानीको मेरियट होटलमा विदेशमन्त्री वाङले अध्यक्ष ओलीसहितका एमाले नेताहरुसँग भेटवार्ता गरेका हुन् । ओलीका साथमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल पनि छन् ।
यसअघि वाङले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । ओलीसँग भेटवार्तापछि वाङले सोही होटलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेट गर्ने बताइएकाे छ ।