Tag: भीम रावल

  • रावलकाे प्रश्न : स्पष्टीकरणकाे कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

    रावलकाे प्रश्न : स्पष्टीकरणकाे कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा बोल्दा पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ? भनेर प्रश्न गरेका छन् ।

    रावलले मंगलबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट पार्टीले स्पष्टीकरण सोध्नु पर्छ भन्ने कुरा पुष्पलाल र मदनले सुन्नुपरेको भए कस्तो लाग्दो हो ?’

    उनले सामाजिक सञ्जालमार्फत देशभक्तिको स्वरलाई दबाएर देशको अस्मिता समाप्त गर्ने खेलमा पार्टी सुरु भएको हो ? भनेर पनि प्रश्न गरेका छन् ।

    सरकारले आइतबार प्रतिनिधिसभाको बैठकमा पेस गरेको अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा रावलले संसद्‍मा बोलेका थिए । एमालेले रावललाई बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाप्रति असन्तुष्ट व्यक्त गरेको थियो ।

    यस्तै एमाले नेता महेश बस्नेतले रावललाई स्पष्टीकरण साध्नु पर्ने पनि बताएका थिए । रावल निरन्तर एमसीसीकाे विराेध गरिरहेका छन् । नेकपा एमालले भने एमसीसीका विषयमा धारणा सार्वजनिक गरिसकेकाे छैन ।

  • एमसीसी पास गरेर जनताप्रति गद्दारी गर्नु अपराध हाे : भीम रावल

    एमसीसी पास गरेर जनताप्रति गद्दारी गर्नु अपराध हाे : भीम रावल

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी पास गरेर जनता प्रतिकाे गद्दारी र राष्ट्र पराधीन बनाउने काम गर्नु अपराध भएकाे टिप्पणी गरेका छन् ।

    शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले एमसीसीमा नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका प्रावधानहरु रहेकाले याे पास गर्नु अपराध भएकाे उल्लेख गरेका हुन् । उनले एमसीसी पास गर्नेहरु नेपाली जनताकाे नेता नभएकाे पनि बताएका छन् ।

    उनले भनेका छन्, ‘नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो । यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन ।’

    यसैगरी उनले सत्तारुढ दल नेपाली कांग्रेसलाई उद्योगधन्दा बेचेको आरोप पनि लगाएका छन् । रावलले कांग्रेसले उदारवादको हल्ला चलाएर देशको उद्योगधन्दा खतम पारेको आरोप लगाएका हुन् ।

    उनले भनेका छन्, ‘नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरि बल्झाउँदै छ।’

    एमाले नेता रावल अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को खुलेर विरोध गरिरहेका छन् ।

  • प्रधानमन्त्री देउवा र प्रचण्डलाई कारबाहीकाे दायरामा ल्याउनपर्छ : भीम रावल (भिडियाेसहित)

    प्रधानमन्त्री देउवा र प्रचण्डलाई कारबाहीकाे दायरामा ल्याउनपर्छ : भीम रावल (भिडियाेसहित)

    काठमाडाैं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाइ लेखेको पत्र कूटनीति मर्यादाविपरीत रहेको बताएका छन् ।

    सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद भीम रावलले प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा र राष्ट्रिहित लत्याएर एमसीसीलाई पत्र लेखेको भन्दै संसदीय समितिले छानबिन गरेर कारबाहीको दायरमा ल्याउनुपर्ने माग गरे ।

    उनले देउवा र प्रचण्डको पत्रले नेपालको कूटनीति कमजोर बनाएको पनि बताए ।

    त्यस्तै, कांग्रेसका दिव्यमणी राजभण्डारीले यसबारेमा बुझ्नका लागि प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई बोलाउनुपर्ने धारणा राखे ।

    बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले एमसीसीका बिषयमा जनमत संग्रह गर्नुपर्ने बताएका थिए । मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई प्रधानमन्त्री देउवा र पूर्वप्रधानमन्त्री प्रचण्डले पत्र लेख्नु गल्ती भएको उनको भनाइ छ ।

    बैठकमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूभित्रको संकीर्ण सोचले गर्दा परराष्ट्र र सुरक्षा नीतिमा साझा धारणा बन्न नसकेको बताए ।

    हेर्नुहाेस् भिडियाे :

  • भीम रावलको पीएचडी नक्कली भएको बाबुराम भट्टराईकाे आशंका

    भीम रावलको पीएचडी नक्कली भएको बाबुराम भट्टराईकाे आशंका

    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन् ।

    सामाजिक सञ्जालमार्फत बाबुरामले यस्तो आशंका गरेका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन् ।

    डा. भट्टराईले लेखेका छन् ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि झुन्ड्याउँछन्, विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत, मिति र स्थान खुलाउनुपर्छ । ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ हो भने कहिले, कहाँ, कसरी खुलाउनु पर्दैन ? कि यी नक्कली पीएचडी हुन् ?’

    बाबुरामले आफू प्रधानमन्त्री हुँदा ‘गोप्य रूपमा एमसीसी सम्झौता गरेको’ भन्ने आरोप पुष्टि गर्न चुनौती पनि दिएका छन् । रावलले एमसीसीको विषयमा लेखेको पत्रमा बाबुरामले गोप्य सम्झौता गरेको आरोप लगाएका थिए ।

  • आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति भीम रावलको विरोध

    आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति भीम रावलको विरोध

    काठमाडौं । नेकपा (एमाले)का नेता भीमबहादुर रावलले आफ्नै पार्टीले गरेको संसद् अवरोधप्रति विरोध जनाएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले संसद अवरोधप्रति विरोध जनाएका हुन् ।

    नेता रावलले एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने स्पष्ट पनि पारेका छन् । नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्नेमा जोड दिँदै एमसीसी जस्ताको त्यस्तै पास गरे राष्ट्रघाती काम ठहरिने बताएका हुन् ।

    रावलले नेपाली जनताले एमसीसीको राष्ट्रघाती प्रावधानको विरुद्धमा आवाज उठाएको स्मरण गराए । संसद्मा एमसीसी प्रस्तुत भए आफूले उक्त प्रस्तावको विरुद्धमा मतदान गर्ने पनि उनले बताए । उनले एमसीसीको बारेमा प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि स्पष्ट पारे ।

    फरक प्रसंंगमा उनले स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि पाँच वर्ष पुगेपछि निर्वाचन गर्ने भनेकोेले सोहीअनुसार निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

    याे पनि : के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

  • के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षडयन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले एमसीसी सम्झौता नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र हितविपरीत रहेको पनि लगाए । उनले भने, ‘मातृभूमिको स्वाधीन भविष्यका लागि फेरि गहिरो गरी अध्ययन गर्न आग्रह गर्दछु।’

    एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने कुरा कुनै पूर्वाग्रहबाट नआएको पनि उनले बताएका छन् । सम्झौता राष्ट्र हितविपरीत भएकोले त्यसको समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा रावलले सार्वजनिक गरेकाे खुला स्मृति–पत्र :

    याे पनि हेर्नुहाेस् ।

  • रावलकाे प्रश्न : देउवा नेपालीकाे प्रधानमन्त्री हाे कि विदेशीकाे ?

    रावलकाे प्रश्न : देउवा नेपालीकाे प्रधानमन्त्री हाे कि विदेशीकाे ?

    काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा नेपालीको प्रधानमन्त्री हो कि विदेशीको हो भनेर प्रश्न गरेका छन् ।

    अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) पारित गर्न लागि पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई नै चुनौती दिएर देखाएको सक्रियतालाई लक्षित गरी नेता रावलले यस्तो प्रश्न गरेका हुन् ।

    आइतबार डा. रावलले ट्विटरमा लेखेका छन्– ‘प्रम देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दबाब आएकाले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे !! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दबाबलाई वेवास्ता गर्ने तर विदेशी दबाबसामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रम कि विदेशीको ? जनतालाई जवाफ दिनुहोस् ।’

    एमसीसीकाे विराेध गर्ने नेपाली जनताको भावनालाई वेवास्ता गर्ने तर विदेशीको दबाबसामु देउवाले घुँडा टेकेको रावलको आरोप छ ।

  • माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी : जनवादलाई ‘म हो वाद’मा झारेकाे देखियाे

    माओवादी महाधिवेशनबारे भीम रावलको टिप्पणी : जनवादलाई ‘म हो वाद’मा झारेकाे देखियाे

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन प्रक्रियाबारे टिप्पणी गरेका छन् । माओवादी महाधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’मा झारेको रावलले बताएका छन् ।

    ‘माओवादी केन्द्रको अधिवेशनको निर्वाचन प्रक्रियाले जनवादलाई ‘म हो वाद’ मा झारेको देखियो । महाधिवेशनमा प्रतिनिधिहरूको चुन्न र चुनिन पाउने अधिकार कुण्ठित वा हनन गर्ने कार्य जनवाद कदापि ठहर्दैन । यस्तो कार्यलाई ‘विशिष्ट लोकतान्त्रिक अभ्यास’ भन्नु मनपरीतन्त्रमाथि पर्दा हाल्ने चेष्टा हो,’ ट्वीटरमार्फत रावलले भनेका छन् ।

    माओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे भने महाधिवेशन प्रतिनिधिले अनुमोदन गरेका थिए । केन्द्रीय समितिबाट अध्यक्षमा प्रचण्ड पुन: निर्वाचित भएका थिए ।

    माओवादीमा महाधिवेशन प्रतिनिधिले चुन्न र चुनिन पाउने अधिकार कुण्ठित गरिएको पनि रावलको भनाइ छ ।

  • रावलकाे प्रश्न : ‘भारतले महाकालीको नाम फेरेर नेपाली भूमि नक्सामा राख्यो, सरकारको धारणा के छ ?’

    रावलकाे प्रश्न : ‘भारतले महाकालीको नाम फेरेर नेपाली भूमि नक्सामा राख्यो, सरकारको धारणा के छ ?’

    काठमाडाैं । नेकपा एमालेका नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् ।

    नेता रावलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् महाकाली नदीको नाम फेरेर भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचार आएको दाबी गरेका हुन् । तर यस विषयमा ठूला राजनीतक दल तथा गठबन्धन सरकार नबोलेको रावलको टिप्पणी छ ।

    ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन’, कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भए पनि पदको भागबन्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’

  • भीम रावलले भने : प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति

    भीम रावलले भने : प्रधानमन्त्रीले एमसीसी ‘सित्तैमा आएको’ भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति

    काठमाडौं । एमाले नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति आपत्ति जनाएका छन् । नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनको उद्घाटन सत्र सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको जिकिर गरेका थिए ।

    नेता रावलले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति लज्जास्पद भएको बताएका छन् ।

    रावलले मूल सम्झौतासँग आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तर्गत आउने रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति भएको बताएका छन् ।

    उनले ट्वीटमा भनेका छन्, ‘मूल सम्झौतासँगै आधा दर्जन सम्झौता गरी नेपाललाई अमेरिकी सामरिक स्वार्थमा दुरुपयोग गर्न एमसीसीअन्तरगत आउन रकमलाई ‘सित्तैमा आएको’ भनी देशको प्रधानमन्त्रीले भन्नु जनता ठग्ने लज्जास्पद अभिव्यक्ति । यस्तो कुरा नेपाल सार्वभौम स्वाधीन र लामो सभ्यता भएको देश ठान्ने कसैले गर्न सक्दैन ।’